Kathmandu Press

वीर अस्पतालको सेवा विस्तार गरिँदै

काठमाडौं, भदौ २५ भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ।वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध...
वीर अस्पतालको सेवा विस्तार गरिँदै

काठमाडौं, भदौ २५ : भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ।

वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो। 

Hardik ivf

उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए।

‘एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञसहितको टोली गई उपचार गर्नेछ। साधारण एक्स–रे, भिडियो एक्स–रे र परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याइनेछ,’ उनले भने। वीर अस्पतालले तीन वर्षअघि दुवाकोटस्थित परियोजनामार्फत् सेवा दिँदै आएको छ। 

अहिले दैनिक ३०–४० बिरामी नियमितरुपमा उपचार गर्न त्यहाँ जाने गरेका छन्। पाँच सय ३८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पताललाई सरकारले यसै आर्थिक वर्षदेखि अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउन बजेट विनियोजन गरेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा दुवाकोट अस्पताललाई समेटी चालु आवमा विस्तृत परियोजन प्रतिवेदन तयार गरी अर्को आवदेखि भवन निर्माण थालिने मिश्रले बताए। ‘अब सबै काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्छ,’ उनले भने। मन्त्रालयले चाँडै नै आयोजना प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । 

वीर अस्पतालमा अहिले पुरानो भवनमा चार सय ६० र नयाँमा पाँच सय शय्या सञ्चालनमा छ। नयाँ सर्जिकल भवनलाई सरकारले कोरोना भाइरसबाट सङ्क्रमतिको उपचारका लागि ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’मा परिणत गरेको छ। 

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्