Kathmandu Press

अवैध लागूऔषधसहित तीनजना पक्राउ 

अवैध लागूऔषधसहित तीनजना पक्राउ 

काठमाडौं, भदौ २५ : काठमाडौं, मकवानपुर र मोरङबाट अवैध लागूऔषधसहित तीनजना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१७ खुशिबुबाट १ किलो अवैध लागूऔषध चरेससहित काठमाडौं सीतापाइला बस्ने मकवानपुर घर भएका ३४ वर्षीय भीमबहादुर थिङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रदेश ३–०२–००१ प ८६०० नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थिङलाई उक्त चरेससहित फेला पारी पक्राउ गरेको हो। 

Hardik ivf

मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगास्थित घुम्ती पसलबाट २० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने २३ वर्षीया ममिता घलानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँस्थित सडकको पेटी छेउमा रहेको घुम्ती पसलमा गाँजाको पुरिया बनाई बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा बोरामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। 

मोरङको विराटनगर महानगरपालिका–४ कन्चनवारीबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित धनकुटा सहिद भूमि गाउँपालिका-७ बस्ने २४ वर्षीय सागर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँस्थित सडकमा सिआरभी पोस्ट भट्टा चौकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो। 

पर्साको जिराभवानी गाउँपालिका-१ ओरिया खोलास्थित सडकबाट करिब ७ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एम ४१०२ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकल र झोला छाडी फरार भएपछि झोला जाँच गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो। 

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्