Kathmandu Press

छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौं, भदौ २५ : संखुवासभा, बझाङ, सप्तरी, नवलपरासी (पश्चिम), सुनसरी, नवलपरासी (पूर्व) र धनुषामा भएका छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा सातजनाको मृत्यु भएके छ।संखुवासभाको ...
छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौं, भदौ २५ : संखुवासभा, बझाङ, सप्तरी, नवलपरासी (पश्चिम), सुनसरी, नवलपरासी (पूर्व) र धनुषामा भएका छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा सातजनाको मृत्यु भएके छ।

संखुवासभाको  मकालु गाउँपालिका–३ समटारस्थित सडकमा रौता कन्स्ट्रक्सन कम्पनीको क्रसर रहेको स्थानमा सोही कम्पनीको ज१क ४१२ नम्बरको जेसिबी सडकबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा सहचालक खाँदवारी नगरपालिका(६ माथिल्लो पाङ्ठा बस्ने २४ वर्षीय श्याम विकको बिहीबार दिउँसो मृत्यु भएको छ।

विकले उक्त जेसिबी चलाई काम गर्दै गरेको अवस्थामा दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । 

Hardik ivf

बझाङको केदारस्युँ गाउँपालिका–४ बागथला बजार नजिकै सडकमा बागथलाबाट देउरातर्फ जाँदै गरेको से१ज ९६८ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने अनिल रावलको छोरा ४ वर्षीय योगेन्द्र रावलको बिहीबार साँझ मृत्यु भएको छ।

बाटो काट्ने क्रममा जिपले ठक्कर दिंदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ।

सप्तरीको राजबिराज नगरपालिका(५ मिलन चोकस्थित सडकमा को७प ४४१० नम्बरको मोटरसाइकललाई स१त २८७८ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिंदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ बस्ने ६० वर्षीय लेलाही खङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–७ सिसहानीस्थित भित्री सडकमा लु२३प ९५६८  नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–५ खैरेनी बस्ने २८ वर्षीय श्याम पोख्रेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुहीमा हुँदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो। 

सुनसरीको रामधुनी नगरपालिका–६ सुनसरी खोला पुलस्थित  सडकमा को३६ प ९५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पुलमा ठोक्कएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका–६ बस्ने २० वर्षीय रितिक राईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ घ्युखोलास्थित सडकमा प्र३–०१–००३ क ४९४३ नम्बरको ट्रकलाई ना५ ख ५६६८ नम्बरको ट्रकले बिहीबार राति ठक्कर दिई दुर्घटना हुँदा ना५ ख ५६६८ नम्बरको ट्रकका सहचालक मोरङ घर भएका २५ वर्षीय सुरसार चौधरीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका दुवै ट्रक चालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ। 

धनुषाको बिदेह नगरपालिका(६ एकराहीस्थित सडकमा ज।७ प ९८१२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया दौलतिया देवी महराको बिहीबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
 

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्