Kathmandu Press

नेपालले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो खेल खेल्दै

काठमाडौं, भदौ २५ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ।     पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल...
नेपालले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो खेल खेल्दै

काठमाडौं, भदौ २५ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ। 
    
पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा ४ बजे सुरु हुनेछ। नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक डे-नाइट (दिन-रात) एकदिवसीय खेल खेल्न लागेको हो। 
    
बुधबार नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो। आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलिरहेको छ।     
    
लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग यही भदौ २८ गते खेल्नेछ। दोस्रो खेल ओमानसँग भदौ २९ गते खेल्ने तय भएको छ। यस्तै नेपालले तेस्रो खेल अमेरिकासँग आगामी असोज १ गते तथा अन्तिम खेल ओमानसँग असोज ३ गते खेल्नेछ।

प्रकाशित मिति: १४:१८ बजे, शुक्रबार, भदौ २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्