लडेर दुईजनाको मृत्यु
काठमाडौं, भदौ २५ : नवलपरासी (पूर्व) मा एक र झापामा एक गरी लडेर दुईजनाको मृत्यु भएको छ।नवलपरासी (पूर्व) को बौधिकाली गाउँपालिका(४ बाराबिन्दिस्थित गोरेटो बाटोमा...
काठमाडौं, भदौ २५ : नवलपरासी (पूर्व) मा एक र झापामा एक गरी लडेर दुईजनाको मृत्यु भएको छ।
नवलपरासी (पूर्व) को बौधिकाली गाउँपालिका(४ बाराबिन्दिस्थित गोरेटो बाटोमा पहिरोबाट चिप्लिएर करिब १५ मिटर तल खसेर ढुङ्गामा पर्दा देवचुली नगरपालिका(४ झाक्रे बस्ने बौधिकाली गाउँपालिका(३ घर भएका ४० वर्षीय प्रेम बहादुरक बिकको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
झापाको मेचीनगर नगरपालिका–१२ सरेडाँगी बस्ने ३६ वर्षीय दिलिप चेम्जोङ आफ्नो घरको एक तल्लाको रेलिङबाट लडेर बिहीबार साँझ मृत्यु भएको छ।
लडेर गम्भीर घाइते भएका उनको मनकामना हस्पिटल चारआली हुँदै थप उपचारको लागि बिएण्डसी अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












