Kathmandu Press

साफ च्याम्पियनसिप तयारीमा नेपाली पुरुष फुटबल टोली कतार उड्यो

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली शुक्रबार कतार प्रस्थान गरेको छ ।
साफ च्याम्पियनसिप तयारीमा नेपाली पुरुष फुटबल टोली कतार उड्यो

काठमाडौं, भदौ २५ : माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली शुक्रबार कतार प्रस्थान गरेको छ ।

टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी गत सोमबार नै कतार पुगिसकेका छन् । कतारमा १७ दिन बिताएर नेपाली टोली ११ असोजमा उतैबाट माल्दिभ्स जाने तय भएको छ । १५–२७ असोजमा माल्दिभ्समा साफको तेह्रौं संस्करण हुँदैछ ।

टोलीमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, विकेश कुथु, आयुष घलान, दिनेश राजंवशी, दीप कार्की, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल, सुमन लामा, आशीष लामा, कमल थापामगर, नितिन थापा, राजन गुरुङ, पुजन उपरकोटी, सुरज जिउ ठकुरी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, तेज तामाङ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट र नवयुग श्रेष्ठ छन् ।

प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, भदौ २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्