Kathmandu Press

करेन्ट लागेर दुईजनाको मृत्यु 

करेन्ट लागेर दुईजनाको मृत्यु 

काठमाडौं, भदौ २५ : सप्तरी र खोटाङमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–३ सखरपुरा बस्ने बिनोद ठाकुरको छोरा ११ वर्षीय चन्दन ठाकुरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ। आफ्नै घरमा डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो। 

Hardik ivf

त्यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ बस्ने २१ वर्षीय पुष्प परियारको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ।

सोही नगरपालिका–७ स्थित सुख्खा (खानेपानी) परियोजनाको ना६त  ७०७८ नम्बरको ट्याक्टरमा पानी ल्याई विद्युतिय मोटर प्रयोग गरी पानी अनलोड गर्ने  क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सोही नगरपालिका(५ स्थित स्वास्थ चौकी दुर्छिमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्