Kathmandu Press

बालिका बलात्कार आरोपमा पक्राउ 

बालिका बलात्कार आरोपमा पक्राउ 

कास्की, भदौ २५ : ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका–३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवितमान लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

लिम्बुले ती बालिकालाई ललाईफकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।      

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्