Kathmandu Press

प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष खुमलटारमा

प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष खुमलटारमा

काठमाडौं, भदौ २५ : अमेरिकी सहायता परियोजना एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेकी छिन्।

एमसीसीका विषयमा निर्क्योल गर्न उपाध्यक्ष सुमार चार दिने भ्रमणमा नेपालमा छिन्। यसै विषयमा छलफल गर्न उनी खुमलटार पुगेकी हुन्।

यसअघि उनले बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेकी थिइन्।

उनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ।

प्रकाशित मिति: ०८:२७ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्