सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध
बझाङ, भदौ २५ : सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।बझाङको सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने उक्त राजमार्गको जयपृथ्वी नगरपालिका–९ स्थित सिमखेतमा सडक भासिएको...
बझाङ, भदौ २५ : सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
बझाङको सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने उक्त राजमार्गको जयपृथ्वी नगरपालिका–९ स्थित सिमखेतमा सडक भासिएको हो। सदरमुकाम चैनपुर भित्रिएका सवारी साधनहरु राजमार्ग अवरुद्ध हुँदा सदरमुकाममै रोकिएका छन्।
सदरमुकाम चैनपुरबाट सिमखेतलगायत अन्यन्त्र जाने सवारीहरु रोकिएका छन्। बाहिर जिल्लाबाट आउने सवारी साधनहरु भने सिमखेतसम्म आउने गरेका छन्।
राजमार्ग खुलाउने प्रयास भइरहेको बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। राजमार्ग खुलाउने विषयमा स्थानीय तह, सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए।
तल बाउली खोला भएकाले सडक पुनः सञ्चालन हुन भने केही समय लाग्ने जनाइएको छ। उक्त स्थानमा यसअघि पनि बेलाबेला पहिरो खस्ने र सडक भासिने हुँदा राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले बताएको छ। (रासस)
प्रकाशित मिति: ०७:०० बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












