Kathmandu Press

अवैध लागूऔषधसहित पक्राउ 

काठमाडौं, भदौ २४ : काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट करिब १ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ थाक्रे गाउँपालिका–३ घर बताउने...
अवैध लागूऔषधसहित पक्राउ 

काठमाडौं, भदौ २४ : काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट करिब १ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ थाक्रे गाउँपालिका–३ घर बताउने २८ वर्षीय मोतिलाल तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री तामाङलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। उनीउपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडाबाट नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाईट्राभेट र ४ बोतल कोडाराईन सिरफसहित सोही ठाउँ बस्ने २४ वर्षीय आशिस खड्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रदेश २–०२–००४ प १८७८ नम्बरको मोटरसाइकलमा सवार आशिसलाई इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। 

यसैगरी महोत्तरीकै बर्दिबास नगरपालिका-११ स्थित झल्ला ड्यामबाट करिब १५ केजी अवैध लागूऔषध गाँजा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ। 

प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित दुईजना व्यक्तिहरू झोलामा रहेको उक्त गाँजा फालेर भागेपछि प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो। हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्