Kathmandu Press

अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा पक्राउ

अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा पक्राउ

काठमाडौं, भदौ २४ : अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

काठमाडौं महाराजगन्ज घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ गल्फुटार बस्ने १९ वर्षीय प्रबल भण्डारीलाई करिब ९ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न औषधिसहित बुधबार प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

बुढानिलकण्ठ गल्फूटार क्षेत्रमा केही व्यक्तिहरुले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधिहरु भन्सार छली चोरी पैठारी गरी ल्याई अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त औषधिहरू बिना लाइसेन्स विक्री गरिरहेको अवस्थामा प्रवललाई फेला पारी पक्राउ गरेको हो। 

प्रबलले भारतमा रहेका आफन्तमार्फत उक्त औषधिहरु मगाई विगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधि पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। 

उनलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाईएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्