ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रूपन्देही, भदौ २४ : रोहिणी गाउँपालिका-३ रामनगरस्थित सडकमा ग.१ क ३२४६ नम्बरको ट्रकले लु५६प ४४९२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक...
रूपन्देही, भदौ २४ : रोहिणी गाउँपालिका-३ रामनगरस्थित सडकमा ग.१ क ३२४६ नम्बरको ट्रकले लु५६प ४४९२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक २५ वर्षीय नजारे मुसलवानको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३३ वर्षीय राजेश निषाधको सोही अस्पतालमा उपचार भइरहेको छ।
हाल फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १७:५५ बजे, बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












