Kathmandu Press

म्याग्दी र बझाङमा पहिरोले सडक अवरुद्ध

काठमाडौं, भदौ २४ : म्याग्दी र बझाङमा पहिरोले सडक अवरुद्ध भएको छ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना गुइठे भिरमा बिहीबार बिहान पहिरो जाँदा बेनी-जोमसोम सडकखण्ड...
म्याग्दी र बझाङमा पहिरोले सडक अवरुद्ध

काठमाडौं, भदौ २४ : म्याग्दी र बझाङमा पहिरोले सडक अवरुद्ध भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना गुइठे भिरमा बिहीबार बिहान पहिरो जाँदा बेनी-जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरोध भएको छ।

Hardik ivf

इलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले सम्बन्धित निकायहरूसँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ। 

बझाङ, जयपृथ्बी नगरपालिका-९ स्थित सिमखेतमा बिहीबार बिहान पहिरो जाँदा जयपृथ्बी राजमार्ग अवरुद्ध भएको छ।

विमान सुरक्षा गार्ड देवलबाट खटिएको प्रहरीले सम्बन्धित निकायहरूसँगको समन्वयमा सडक अवरोध खुलाउने प्रयास गरिरहेको छ।

प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्