Kathmandu Press

गैंडा सिकार गरेको आरोपमा सेनाद्वारा एकजना पक्राउ 

काठमाडौं, भदौ २४ : गैंडा सिकार गरेको आरोपमा नेपाली सेनाले एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मुगुको मुगुम कर्मारोंग गाँउपालिका-९ रोम स्थायी घर भई...
गैंडा सिकार गरेको आरोपमा सेनाद्वारा एकजना पक्राउ 

काठमाडौं, भदौ २४ : गैंडा सिकार गरेको आरोपमा नेपाली सेनाले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मुगुको मुगुम कर्मारोंग गाँउपालिका-९ रोम स्थायी घर भई हाल काठमाडौंको बौद्ध बस्ने ६२ वर्षीय नाङ्गी तामाङ लामालाई रहेको नेपाली सेनाले जनाएको छ।

बुधबार चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्ग दल गणबाट निकुञ्ज प्रशासनसहित खटिएको टोलीले विगतमा गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरेको हो।

उनलाई आज (बिहीबार) चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई सकुशल बुझाएको नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्