Kathmandu Press

तीनजना मृत अवस्थामा फेला

काठमाडौं, भदौ २४ : झापा, चितवन र दोलखामा गरी तीनजना मृत अवस्थामा भेटिएका छन्।झापाको भद्रपुर नगरपालिका–४ घर भई बिगत ३ महिनादेखि शिबसताक्षी नगरपालिका-१०...
तीनजना मृत अवस्थामा फेला

काठमाडौं, भदौ २४ : झापा, चितवन र दोलखामा गरी तीनजना मृत अवस्थामा भेटिएका छन्।

झापाको भद्रपुर नगरपालिका–४ घर भई बिगत ३ महिनादेखि शिबसताक्षी नगरपालिका-१० स्थित भतिज नाता पर्ने गणेश बहादुर खड्काको घरमा बस्दै आएको ५० वर्षीय सोम बहादुर खड्का सोही ठाउँस्थित कुलमान घिसिङ चोक नजिक सडकको छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन्। 

चितवनको भरतपुर महानगरपालिका-७ क्यान्सर अस्पताल पछाडि नहरमा सोही महानगरपालिका-१० हाकिमचोक शान्तिमार्गमा डेरा गरी बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ घर भएका ४५ वर्षीय राजाराम चौधरी बुधबार मृत अवस्थामा फेला परेका छन्। 

दोलखाको तामाकोशी गाउँपालिका–५ शहरेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्