Kathmandu Press

बहुविवाह तथा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ  

मकवानपुर, भदौ २४ : बहुविवाह मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका–१० बस्ने पर्सा घर भएका ३४ वर्षीय नितेश प्रसाद केशरीलाई बुधबार प्रहरीले पक्राउ गरेको...
बहुविवाह तथा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ  

मकवानपुर, भदौ २४ : बहुविवाह मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका–१० बस्ने पर्सा घर भएका ३४ वर्षीय नितेश प्रसाद केशरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत रौतहटको फैसलाले बहुविवाह मुद्दामा १ बर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भईर फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपलिका–१० बाट पक्राउ गरेको हो।

Hardik ivf

उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत रौतहट पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैगरी मकवानपुर, चोरी मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका–६ बस्ने दिल बहादुर राउत क्षेत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत हेटौंडाको २०४८ साउन २३ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना ३ दिन कैद तथा ३ हजार जरिवाना र अर्को चोरी मुद्दामा १७ दिन कैद तथा २ हजार ९ सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोही उपमहानरगपालिका–६ बाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत हेटौंडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्