Kathmandu Press

नेकपा (एकीकृत समाजवादी)को गण्डकी प्रदेश भेला हुने

पोखरा, भदौ २४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ। भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन...
नेकपा (एकीकृत समाजवादी)को गण्डकी प्रदेश भेला हुने
Hardik ivf

पोखरा, भदौ २४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ। 

भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन्।

पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ। यही भदौ २६ गते गोरखा जिल्लामा पनि सङ्गठन विस्तारका लागि बैठक राखिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएर हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ।
 

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्