Kathmandu Press

प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं, भदौ २४ : कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा सोही ठाउँस्थित होटलकी सञ्चालिका कास्की पोखरा महानगरपालिका–७ एयरपोर्ट...
प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चारजना पक्राउ
Hardik ivf

काठमाडौं, भदौ २४ : कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा सोही ठाउँस्थित होटलकी सञ्चालिका कास्की पोखरा महानगरपालिका–७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापा मगरसमेत चारजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

उक्त ठाउँस्थित होटलमा होहल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा होटलमा मादक पदार्थ सेवन गरी बसेका व्यक्तिहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेपछि रुपासमेत चारजनालाई प्रहरीले पक्राउ गरेको हो। 

घटनामा संलग्न हाल फरार कास्की वतन भएका २२ वर्षीय रविन थापा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यस घटनाका सम्बन्धमा  थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १३:४२ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्