जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
काठमाडौं, भदौ २४ : काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोट घट्टा गाउँ बस्ने रामकृष्ण कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ४६...
काठमाडौं, भदौ २४ : काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोट घट्टा गाउँ बस्ने रामकृष्ण कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ४६ वर्षीय नवराज रिमाल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ३० हजार रुपैयाँ, ३ बुक तास र १ थान कौडा सहित पक्राउ गरेको हो।
कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित स्याङ्जा बुटवल खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नगद २ लाख ८६ हजार ७ सय २० रुपैयाँ र १ सय ५९ पत्ती तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त खाजा घरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












