Kathmandu Press

कुस्तीका राष्ट्रिय खेलाडी भट्टको निधन

कञ्चनपुर, भदौ २४ : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको निधन भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व...
कुस्तीका राष्ट्रिय खेलाडी भट्टको निधन

कञ्चनपुर, भदौ २४ : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको निधन भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा निधन भएको हो।

‘बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पु¥याएँ,’ मृतकका बुवा खड्क भट्टले भने, ‘केही पनि भएको थिएन, अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो।’ 

बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए ।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताए। ‘आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो,’ प्रशिक्षक चन्दले भने, ‘खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो।’
 

प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्