Kathmandu Press

बलात्कार आरोपमा ललितपुरबाट एकजना पक्राउ 

बलात्कार आरोपमा ललितपुरबाट एकजना पक्राउ 

ललितपुर, भदौ २४ : ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा महालक्ष्मी नगरपालिका–९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

मगरले ती महिलालाई सोही पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्