Kathmandu Press

लागुऔषधसहित चारजना पक्राउ

काठमाडौं, भदौ २४ : काठमाडौ महानगरपालिका–१६ स्थित होटलबाट २२ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन र १ थान डिजिटिल तराजुसहित २ जनालाई...
लागुऔषधसहित चारजना पक्राउ

काठमाडौं, भदौ २४ : काठमाडौ महानगरपालिका–१६ स्थित होटलबाट २२ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन र १ थान डिजिटिल तराजुसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बर्दियाको बारबर्दिया नगरपालिका–९ का ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका–७ का २५ वर्षीय रमेश थारू छन्। 

यसैगरी काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कबाट १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित धादिङ सिद्धलेक गाउँपालिका–२ का २६ वर्षीय ईश्वर ईटनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

साथै उक्त लागूऔषध कारोबारमा संलग्न झापा बिर्तामोड नगरपालिका–९ ठेगाना भएका ३३ वर्षीय रन्जित राजवंशीलाई समेत झापाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ।
 

प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्