Kathmandu Press

जुम्लामा कुहिएको मासु जफत गरी नष्ट

खलंगा, चदौ २४ : जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करिब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ। व्यापारीले कुहिएको अस्वस्थ...
जुम्लामा कुहिएको मासु जफत गरी नष्ट

खलंगा, चदौ २४ : जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करिब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ। व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको  अनुगमनका क्रममा पाइएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँको नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो।

अनुगमन टोलीले भारतीवाडा, कार्कीवाडा, कालेखोली र विमालस्थल लाइनमा सञ्चालित फ्रेसहाउस, मासु पसल र दैनिक खाद्यवस्तुको अनुगमन गरेको थियो। यसक्रममा खुला र अव्यवस्थितरूपमा बिक्री गर्दै गरेको अवस्थामा चार व्यवसायीको पसलबाट माछा र मासु जफत गरिएको सहायक प्रजिअ चौलागाईँले जानकारी दिए। 

Hardik ivf

उनले भने, ‘खुला ठाउँमा मासु बिक्री गर्दै गरेका तीन व्यवसायीको पसलबाट राँगा र भैँसीको एक क्विन्टल मासु तथा आठ किलो माछा जफत गरी सो मासु नष्ट गरिएको छ। हामीले यसअघिको अनुगमनका क्रममा खुला नालामाथि माछामासु बिक्री नगर्न भनेका थियौँ। व्यापारीले अटेर गरेपछि जफत गरिएको हो । सडेगलेको र कुहिएको मासु बिक्री गरेको पाइएपछि उपभोक्ताको हितका लागि जफत गरिएको हो । सडेगलेको मासुले बजार नै दुर्गन्धित बन्दै गएको छ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमृतसुमन भूषणका अनुसार बजारका छ मासु पसलसहित १८ खाद्य पसल अनुगमन गरी  रु ६९ हजार ७४० बराबरको सामान नष्ट गरिएको थियो। 

व्यापारीले खुलारूपमै कुहिएको मासु बेच्दा र महिनौँदेखि नगरपालिकाले फोहर नउठाउँदा बजार दुर्गन्धित बनेको सहायक प्रजिअ चौलागाईंले बताए। 
 

प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्