Kathmandu Press

मेलम्ची नगरपालिकाको दनुवार गाउँमा पहिरो

सिन्धुपाल्चोक, भदौ २४ : लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ। पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी...
मेलम्ची नगरपालिकाको दनुवार गाउँमा पहिरो

सिन्धुपाल्चोक, भदौ २४ : लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ। पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए। पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए। 

उनले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तह लाई आग्रह गरे । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन्।

Hardik ivf

६२ लाख हिनामिना गरी फरार व्यक्ति पक्राउ

सहकारीमार्फत रु  ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रकाश श्रेष्ठ छन्। 

उनी चौतारा साँगाचोकमा रहेको दीपसिन्धु बचत तथा ऋण सहकारी संस्थामा ६७ जनाबाट सङ्कलित सो रकम अपचलन गरी विसं २०७५ वैशाख १गते फरार भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  दक्षकुमार बस्नेतले  फरार अभियुक्त श्रेष्ठलाई बुधबार काभ्रेबाट पक्राउ गरिएको जानकारी दिए । 

प्रकाशित मिति: ११:३७ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्