आजदेखि देशभर तीज मनाइँदै
काठमाडौं, भदौ २४ : आजदेखि देशभर हरितालिका (तीज) बनाउन थालिएको छ। भाद्र शुक्ल तृतीयाका दिन उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी तीन मनाउने गरिन्छ।बिहानै...
काठमाडौं, भदौ २४ : आजदेखि देशभर हरितालिका (तीज) बनाउन थालिएको छ। भाद्र शुक्ल तृतीयाका दिन उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी तीन मनाउने गरिन्छ।
बिहानै उठेर स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने प्रचलन छ। हिमालय पर्वत र मेनाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी कठिन तपस्या गरेको र त्यसैको प्रभावस्वरूप महादेव पति पाएको पौराणिक कथन छ। यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने धार्मिक विश्वास छ।
दिनभर व्रत बस्ने र साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गरिन्छ। भोलिपल्ट सबेरै लोापामुद्रालाई अर्घ्य दिएपछि तिजको व्रत पूर्ण भएको मानिन्छ।
सामाजिक रूपमा पनि तिजको ठूलो महत्त्व छ। तिजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनी एकै थलोमा जम्मा हुने गरिन्छ।
अघिल्लो दिन बेलुकी मिठामसिनो (दर) खाने गरिन्छ। तिजका दिन नाचगान गरी रमाइलो गरिन्छ।












