Kathmandu Press

दोलखाका जनप्रतिनिधि एकीकृत समाजवादीमा

दोलखाका जनप्रतिनिधि एकीकृत समाजवादीमा

चरीकोट, भदौ २३ : नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्। पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन्।

एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिका सदस्य कुलबहादुर विक, शैलुङ गाउँपालिका–६ फस्कुका वडा सदस्य भुवनसिहं थापा र भीमेश्वर नगरपालिकाका कार्यपालिका सदस्य दीपक धनुके रहेका छन्।

एकीकृत समाजवादी दर्ता भए पनि दोलखामा पार्टी विभाजनले खासै असर देखिएको छैन। एक सङ्घीय निर्वाचन क्षेत्र, दुई प्रदेशसभा, सात गाउँपालिका, दुई नगरपालिका र ७४ वडामा एमालेबाट निर्वाचित बनेका जम्मा सात जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी पार्टी रोजेका हुन्। 

प्रकाशित मिति: २०:३८ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्