Kathmandu Press

‘विद्युतीय सवारी साधनको महत्व बढिरहेको छ’

काठमाडौं, भदौ २३ : सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यरतलगायतले नेपालमा विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन्।नेपालमा...
‘विद्युतीय सवारी साधनको महत्व बढिरहेको छ’

काठमाडौं, भदौ २३ : सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यरतलगायतले नेपालमा विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन्।

नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा उनीहरुले नेपालमा विद्युत् उत्पादन बढिरहेकाले र वायु प्रदूषण बढेर त्यो कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन्। वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले कोरोनाका कारणले भन्दा पनि वायु प्रदूषणका कारणले लाग्ने रोगले मृत्यु बढिरहेको बताए। उनले भने, ‘वातावरण प्रदूषण कम गर्दै जान विद्युतीय सवारी साधनको प्रयोग बढाउँदै जानुपर्छ।’

Hardik ivf

साझा यातायात प्रालिका सञ्चालक समिति सदस्य भूषण तुलाधरले साझाको र सुन्दर यातायातबीच प्रतिस्पर्धा नहुने बताए। उनका अनुसार यी दुवै संस्थाले निजी सवारी साधनसँग प्रतिस्पर्धा छ। उनले भने, ‘निजी सवारी साधनको प्रयोग कम गराएर सार्वजनिकको बढाउनु हाम्रो लक्ष्य हो।’

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले कम्पनीले छिट्टै नै थप २० बस भित्र्याउने जानकारी दिए। आफूले धेरै सङ्घर्ष गरेर मात्रै बस सञ्चालनका लागि स्वीकृति पाएको उनले बताए। बस सञ्चालन भएको दुई वर्षमा नाफा हुन नसके पनि आफूहरु आशावादी रहेको उनले सुनाए। उनले भने, ‘दुई वर्षमा झण्डै डेढ वर्ष कोभिडकै कारण बस चलाउन सकिएन।’

सो कार्यक्रममा कम्पनीले यातायात क्षेत्रमा लेख्ने पाँच पत्रकारलाई सम्मान गरेको छ। 

प्रकाशित मिति: १९:१३ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्