Kathmandu Press

अफगानिस्तानबाट ८९५ नेपालीको उद्धार

काठमाडौं, भदौ २३ : अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरूको स्वदेश फर्कनेक्रम जारी छ। आज कतार एयरको दोहा–काठमाडौँ नियमित उडानबाट ३२ जना स्वदेश...
अफगानिस्तानबाट ८९५ नेपालीको उद्धार
Hardik ivf

काठमाडौं, भदौ २३ : अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरूको स्वदेश फर्कनेक्रम जारी छ। आज कतार एयरको दोहा–काठमाडौँ नियमित उडानबाट ३२ जना स्वदेश फर्केका छन्। हालसम्म ८९५ जना नेपाली  काठमाडौँ आइपुगेका तथा उद्धार गरिएकाहरू अन्य उडानबाट स्वदेश आउनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौँ आइपुगेकालाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले बताएको छ।

अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन सरकारले उक्त मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा गठन गरेको उद्धार कार्यदलका अनुसार उद्धारमा सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, नेपाली राजदूतावास नयाँदिल्लीबाट प्राप्त विवरण तथा ‘सिचुएशन सेन्टर’ मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरी उनीहरू हाल रहेको स्थानअनुसार समूह सूची तयार गरेर काबुलबाट उद्धार उडान गरिरहेका मित्र राष्ट्रहरूलाई उपलब्ध गराई  उनीहरूको उद्धारमा आवश्यक सहकार्य र समन्वय भइरहेको छ।

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्