Kathmandu Press

एकीकृत समाजवादी संसदीय दलको विधान पारित

एकीकृत समाजवादी संसदीय दलको विधान पारित

काठमाडौं, भदौ २३ : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको विधान पारित भएको छ। 

आज (बुधबार) बसेको संसदीय दलको बैठकले उक्त विधान पारित गरेको हो। 

यसअघि बसेको संसदीय दलको बैठकले भवानी खापुङ, शेरबहादुर कुँवर, निरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहनेगरी विधान मस्यौदा समिति गठन गरेको थियो। 

विधान पारित भएसँगै उक्त समिति पनि भंग गरिएको छ।  

 

प्रकाशित मिति: १८:२४ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्