Kathmandu Press

प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन

काठमाडौं, भदौ २३ : नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान पदमा खुनउ प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न २०७७ असोज ३० गते प्रकाशित विज्ञापनअनुसार...
प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन

काठमाडौं, भदौ २३ : नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान पदमा खुनउ प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न २०७७ असोज ३० गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई अन्तर्वार्तामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम नतिजा आज (बुधबार) प्रकाशन भएको छ।

अन्तिम नतिजामा ५ हजार २ सय २७ जना उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका छन्।

Hardik ivf

सिफारिस मुख्य उम्मेदवारहरुलाई २०७८ असोज ६ गते बिहान ११ बजे सम्बन्धित परीक्षा केन्द्रहरु (प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, राजविराज, दुधौली, पोखरा, बुटवल, नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालय) मा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचित गरेको छ।

उक्त सूचनाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।

प्रकाशित मिति: १७:५९ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्