Kathmandu Press

४ हजार ८ सय ८३ जनालाई निःशुल्क मास्क वितरण

काठमाडौं, भदौ २३ : कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ४ हजार...
४ हजार ८ सय ८३ जनालाई निःशुल्क मास्क वितरण

काठमाडौं, भदौ २३ : कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख १० हजार ४ सय ९९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

Hardik ivf

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोई?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ।

सो क्रममा देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५६ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ३ सय ६० जनालाई सचेत गराइएको छ।

प्रकाशित मिति: १७:५५ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्