Kathmandu Press

एक थान भरुवा बन्दुकसहित पक्राउ  

सिन्धुपाल्चोक, भदौ २३ : सिन्धुपाल्चोकमा एक थान भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा इन्द्रावती गाउँपालिका-८ बस्ने ५८ वर्षीय लोकबहादुर तामाङ रहेको प्रहरीले...
एक थान भरुवा बन्दुकसहित पक्राउ  

सिन्धुपाल्चोक, भदौ २३ : सिन्धुपाल्चोकमा एक थान भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इन्द्रावती गाउँपालिका-८ बस्ने ५८ वर्षीय लोकबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बुधबार बिहान उनको घरमा तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:४१ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्