खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं, भदौ २३ : काठमाडौं महानगरपालिका-१३ टंकेश्वर बस्ने काभ्रे नमोवुद्ध घर भएका १८ वर्षीय संगीत कुँवरलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौं...
काठमाडौं, भदौ २३ : काठमाडौं महानगरपालिका-१३ टंकेश्वर बस्ने काभ्रे नमोवुद्ध घर भएका १८ वर्षीय संगीत कुँवरलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौं हसनटार बस्ने काभ्रे धुसेनी घर भएका २० वर्षीय दोर्जे तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
टंकेश्वर नीलबाराहीस्थित मासु पसलबाट खुकुरी खोसेर संगीतलाई प्रहार गरी फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले नागर्जुन नगरपालिका-७ हसनटारमा फेला पारी पक्राउ गरेको हो। घाइते संगीतको काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:३५ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












