Kathmandu Press

लुम्बिनीकी मनोनीत सांसद निर्मलाले लिइन् शपथ

बुटवल, भदौ २३ : जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला मुडभरी भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन्। उनी समानुपातिक तर्फबाट लुम्बिनी...
लुम्बिनीकी मनोनीत सांसद निर्मलाले लिइन् शपथ

बुटवल, भदौ २३ : जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला मुडभरी भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन्। उनी समानुपातिक तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा मनोनीत भएकी हुन्।   

आज (बुधबार) लुम्बिनी प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमबीच प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले भट्टराईलाई शपथ गराए। पार्टीको निर्णयविपरीत यसअघिका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्दै मन्त्री बनेकी कल्पना पाण्डेलाई जसपाले गरेको कारबाही सिफारिसका आधारमा पदमुक्त गरिएको थियो।

त्यसपछि रिक्त रहँदै आएको सोही पदमा जसपाले भट्टराईलाई मनोनीत गरेको हो।

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्