Kathmandu Press

नुवाकोटका १० जनप्रतिनिधि एकीकृत समाजवादीमा

नुवाकोट, भदौ २३ : नुवाकोटमा दुई वडाध्यक्षसहित १० जनप्रतिनिधिले एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार ती जनप्रतिनिधिहरु...
नुवाकोटका १० जनप्रतिनिधि एकीकृत समाजवादीमा
Hardik ivf

नुवाकोट, भदौ २३ : नुवाकोटमा दुई वडाध्यक्षसहित १० जनप्रतिनिधिले एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार ती जनप्रतिनिधिहरु शिवपुरी, तादी र ककनी गाउँपालिकाका हुन्। शिवपुरी-५ र ८ का वडाध्यक्षहरूले एकीकृत समाजवादीमा सनाखत गर्दा महिला र दलित सदस्य पनि सोही पार्टीको पक्षमा उभिएका हुन्।

ककनी-१ का वडा सदस्य र तादी-३ का महिला सदस्य, ककनी-४ र ५ का दलित महिला सदस्यले सनाखत गरेका छन्। तर केही जनप्रतिनिधि भने पुनः एमालेमै फर्किन चाहिरहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटको भनाइ छ।

प्रकाशित मिति: १६:१४ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्