लुम्बिनी एमालेले चुन्यो १२ वटै जिल्ला कमिटीका पदाधिकारी
बुटवल, भदौ २३ : एमाले लुम्बिनी प्रदेश कमिटीले संगठन निर्माणलाई तीव्रता दिएको छ। यसैक्रममा सो कमिटीले प्रदेश कमिटीमा विभिन्न जिम्मेवारी तोक्नुका साथै १२...
बुटवल, भदौ २३ : एमाले लुम्बिनी प्रदेश कमिटीले संगठन निर्माणलाई तीव्रता दिएको छ। यसैक्रममा सो कमिटीले प्रदेश कमिटीमा विभिन्न जिम्मेवारी तोक्नुका साथै १२ वटै जिल्ला कमिटीका पदाधिकारी चयन गरेको छ।
प्रदेश संयोजकसमेत रहेका पार्टी उपमहासचिव विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी लीला गिरीलाई दिएको छ भने उपाध्यक्षमा खेममान खड्का चुनिएका छन्।
सचिवको जिम्मेवारी भूमिश्वर ढकालले पाउँदा उपसचिवमा दुर्गा थारूलाई चयन गरिएको छ। कार्यालय सचिवको जिम्मेवारी बलराम अधिकारीलाई दिइएको छ।
बैठकले एमाले कार्यदलले तयार पारेको १० बुँदे सम्झौताअनुरूप सबै कमिटीलाई जेठ २ को अवस्थामा फर्काउने र तत्कालीन नेकपा एकीकरण बदर भएको अवस्थामा पनि एमालेमै रहेका नेता–कार्यकर्तालाई उचित व्यवस्थापन गर्ने खाका बनाएको बताइएको छ।
रुपन्देहीको अध्यक्षमा शिवराज सुवेदी, उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरी चौधरी र उपसचिवमा गोपाल रानाले जिम्मेवारी पाएका छन्। दाङमा टीकाराम खड्काको अध्यक्षतामा हुकुम बस्नेत उपाध्यक्ष, मनोहर बुढाथोकी सचिव र कृष्ण भुसाल उपसचिव चुनिएका छन्।
बर्दियाको अध्यक्ष लालबहादुर श्रेष्ठलाई बनाइएको छ भने उपाध्यक्ष शालिकराम अधिकारी, सचिव पदम ढकाल र उपसचिव नुतन चौधरी बनेका छन्। बाँके कमिटी अध्यक्ष निरक गुरुङ तोकिँदा किस्मत कक्षपतीलाई उपाध्यक्ष, रत्न खत्रीलाई सचिव र प्रमोद धिताललाई उपसचिव बनाइएको छ।
रोल्पाको अध्यक्षमा बालाराम बुढा चयन भएका छन् भने विजय घर्ती उपाध्यक्ष, निमप्रसाद रोका सचिव र राजेन्द्र वुढाथोकी उपसचिव तोकिएका छन्। रुकुम पूर्वमा टोपबहादुर वलीको अध्यक्षतामा कमिटी बनाइएको छ। सो कमिटीमा रुजिधन घर्तिमगरलाई उपाध्यक्ष, लीलामणि गौतमलाई सचिव र तेजेन्द्र वुढामगरलाई उपसचिवको जिम्मेवारी दिइएको छ।
प्युठानमा तुलसी शर्मा अध्यक्ष, हुकुम खडका उपाध्यक्ष, मोहन जिसी सचिव तोकिँदा अर्घाखाँची अध्यक्षमा चेतनारायण आचार्य, उपाध्यक्षमा जिवनारायण कोइराला, सचिवमा तोजवहादुर रायमाझी र उपसचिवमा प्रेम गैरेले जिम्मेवारी पाएक छन्।
गुल्मी जिल्ला कमिटीमा मधुकृष्ण पन्त अध्यक्ष, बालसिंह काउछा उपाध्यक्ष, सोमप्रसाद सापकोटा सचिव र धर्म विक उपसचिव बनेका छन्। पाल्पाको अध्यक्षमा नारायण आचार्य, उपाध्यक्ष मोहन थापा, सचिव ओजबहादुर घर्ती र उपसचिवमा कमल पाण्डे चुनिएक छन्।
पश्चिम नवलपरासीमा तुलसी पासी अध्यक्ष, डोलराज भण्डारी उपाध्यक्ष, थानप्रसाद गैरे सचिव र राजन आचार्य उपसचिव बनाइएका छन् भने कपिलवस्तु अध्यक्षमा झविलाल पोखरेल, उपाध्यक्षमा बाबुराम खनाल, सचिवमा बाबुराम आचार्य र उपसचिवमा विश्राम चौधरी चुनिएक छन्।












