Kathmandu Press

तीनजना मृत अवस्थामा फेला 

काठमाडौं, भदौ २३ : कैलाली, पार्सा र सर्लाहीमा एकएकजना मृत अवस्थामा भेटिएका छन्।कैलालीको गोदावरी नगरपालिका–३ मालिकाटोल बस्ने ४३ वर्षीय जोगी साउद सोही ठाउँस्थित...
तीनजना मृत अवस्थामा फेला 

काठमाडौं, भदौ २३ : कैलाली, पर्सा र सर्लाहीमा एकएकजना मृत अवस्थामा भेटिएका छन्।

कैलालीको गोदावरी नगरपालिका–३ मालिकाटोल बस्ने ४३ वर्षीय जोगी साउद सोही ठाउँस्थित निर्माणाधिन घरको आँगनमा  मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

पर्साको बहुदरमाई नगरपालिका–७ डकैलास्थित नहरको छेउमा कलिकामाई गाउँपालिका(५ बस्ने ३५ वर्षीय झमन महतो मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्