Kathmandu Press

अब एम्बुलेन्स चालकले तालिम लिनुपर्ने

अब एम्बुलेन्स चालकले तालिम लिनुपर्ने

काठमाडौं, भदौ २३ : अब एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिनुपर्ने भएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’ जारी गर्दै केन्द्रबाट तालिम लिएका चालकले मात्र एम्बुलेन्स चलाउन पाउने जनाएको छ। यसअघि सवारी चालक अनुमतिपत्र लिएका सबैले एम्बुलेन्स चलाउन पाउँदथे। अब सवारी चालक अनुमतिपत्र लिएको पाँच वर्ष अनुभव भएपछि मात्र एम्बुलेन्स चलाउन पाउनेछन्। 

एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ वा ‘ख’ वर्ग हुनुपर्ने र सबै एम्बुलेन्स अनिवार्यरुपमा फोर ब्हील ड्राइभ, पावर स्टेरिङ, सन्पेन्सन चेन सिस्टमको हुनुपर्नेछ। ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मात्र राजस्व छुटको व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ। क र ख वर्गको एम्बुलेन्सका लागि मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट वा नर्स अनिवार्यरुपमा राख्नुपर्ने र ती स्वास्थ्यकर्मीले अनिवार्यरुपमा तोकिएको तालिम लिएको हुनुपर्ने उल्लेख छ। 

Hardik ivf

यस्तै हरेक एम्बुलेन्समा जिपिएस अनिवार्य जडान गर्नुपर्नेछ। सबै एम्बुलेन्स अनिवार्यरुपमा एउटै नम्बरबाट तथा एप्लिकेशनबाट सर्वसाधारणले सेवा पाउने सक्नेगरी प्रेषण केन्द्रमा आबद्ध हुनुपर्ने छ। 

यस्तै एम्बुलेन्स चालक र एम्बुलेन्समा रहने स्वास्थ्यकर्मीले आकस्मिक चिकित्सकीय प्राविधिकले गाढा गुलाबी रङ्गको ज्याकेट र गाढा निलो पाइन्ट लगाउनुपर्ने हुन्छ। यस्तै राष्ट्रिय प्रेषण केन्द्र र प्रादेशिक प्रेषण केन्द्र रहने छन् । ती केन्द्रले एम्बुलेन्समा आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुका साथै एम्बुलेन्स घटनास्थलमा नपुगुञ्जेलसम्म बिरामी वा घाइतेलाई आकस्मिक प्राथमिक उपचारका लागि सहजीकरण र मार्ग दर्शन गर्ने निर्देशिकामा उल्लेख छ। 
 

प्रकाशित मिति: १४:५५ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्