Kathmandu Press

अवैध लागूऔषधसहित सातजना पक्राउ

काठमाडौं, भदौ २३ : पर्सा, बाँके, मोरङ र कास्कीमा अवैध लागूऔषधसहित सातजना पक्राउ परेका छन्।पर्साको वीरगन्ज महानगरपालिका–१६ शंकाराचार्य गेटबाट नियन्त्रित लागूऔषध फेनारगन १...
अवैध लागूऔषधसहित सातजना पक्राउ

काठमाडौं, भदौ २३ : पर्सा, बाँके, मोरङ र कास्कीमा अवैध लागूऔषधसहित सातजना पक्राउ परेका छन्।

पर्साको वीरगन्ज महानगरपालिका–१६ शंकाराचार्य गेटबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ५० एम्पुल, डाईजेल्याब १ सय ५० एम्पुल र नुफिन १ सय ५० एम्पुल सहित बारा रामनगर नगरपालिका(४ बस्ने ६७ वर्षीय हरिन्द्र सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना२ ह २११९ नम्बरको टेम्पुलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। 

Hardik ivf

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेक प्वाइन्टबाट करिब ४ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित कोहलपुर नगरपालिका–१५ चन्नहवा बस्ने २८ वर्षीय रामदेव थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। 

मोरङको बेलबारी नगरपालिका–१ बस्ने ३५ वर्षीय सन्तोस राई र सोही ठाउँ बस्ने ३० वर्षीय ज्ञानु राज राईलाई करिब १९ केजी ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनीहरूले अवैध लागूऔषध गाँजा बिक्री गर्ने गरेको भन्ने सूचानाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले निजहरुको घर, कोठा खानतलासी गर्दा सन्तोषको कोठाबाट ४ केजी ६ सय ५० ग्राम र ज्ञानुको घर कोठाबाट १५ केजी गरी उक्त परिमाणको अवैध लागूऔषध गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रममा उक्त गाँजा धनकुटा सहिद भूमि गाउँपालिका–३ बस्ने २८ वर्षीय महेश्वर राईबाट किनेको भनि खुल्न आएपछि प्रहरीले महेश्वरलाई समेत नियन्त्रणमा लिएको छ। 

कास्कीको पोखरा महानगरपालिका–२५ मझुवाबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ नगरपालिका–६ बस्ने ३४ वर्षीय राजु वस्याललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वीरंगजबाट पोखरातर्फ जाँदै गरेको ना८ख ५२५१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी कास्कीको पोखरा  महानगरपालिका–३० पावरहाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर बताउने १९ वर्षीय सन्देश तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको लु१ख ३१५० नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो। 

प्रकाशित मिति: १४:४५ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्