Kathmandu Press

क्यानडाका क्रिकेटर रायखान पठान विराटनगरमा आबद्ध

काठमाडौं, भदौ २३ : क्यानडाका रायखान पठान विराटनगरमा आबद्ध आसन्न चौथो संस्करणको प्रिमियर लिगका लागि विराटनगर वारियर्सले क्यानेडियन खेलाडीलाई अनुबनधन गरेको छ।विराटनगर दोस्रो विदेशी...
क्यानडाका क्रिकेटर रायखान पठान विराटनगरमा आबद्ध

काठमाडौं, भदौ २३ : आसन्न चौथो संस्करणको प्रिमियर लिगका लागि विराटनगर वारियर्सले क्यानेडियन खेलाडीलाई अनुबन्धन गरेको छ।

विराटनगर दोस्रो विदेशी खेलाडीका रुपमा क्यानडाका राष्ट्रिय खेलाडी रायाखान पठानलाई अनुबन्धन गरेको हो। बुधबार फेसबुकमार्फत विराटनगरले पठानलाई अनुबन्धन गरेको जनाएको हो।

Hardik ivf

क्यानडाबाट उमेर समूह र राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शन गरेका पठान दायाँ हाते मिडियर पेसर हुन्। उनी तल्लो क्रममा ब्याटिङ गर्न सक्छन्। २९ वर्षीय पठानले क्यानडाबाट १ एकदिवसीय, १ फस्ट क्लास र १० लिस्ट ए खेल खेलेका छन्।

त्यसमा उनले एकदिवसीयमा २, फस्ट क्लासमा ३ र लिस्ट एमा १० विकेट लिएका छन्। यसअघि विराटनगरले जिम्बाबेका अलराउन्डर सिकन्दर राजलाई अनुबन्धन गरेको छ।

चौथो संस्करणको इपिएल असोज ९ देखि कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुने एभरेस्ट प्रियिमर लिगमा प्रत्येक टिमले प्लेइङसेटमा अनिवार्य ३ खेलाडी खेलाउनुपर्छ।

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्