Kathmandu Press

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, भदौ २३ : छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।मोरङको विराटनगर महानगरपालिका(१५ हनुमान मन्दिरस्थित सडकमा बिआर ३८टी२१६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित...
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, भदौ २३ : छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

मोरङको विराटनगर महानगरपालिका(१५ हनुमान मन्दिरस्थित सडकमा बिआर ३८टी२१६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत जोगबनीका ३५ वर्षीय कुन्दन साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय अर्जुन सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ। 

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित सडकमा ना६ख २११० नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनको भरतपुर महानगरपालिका–१० स्थित सडकमा लु२ख १५८२  नम्बरको बसको ठक्करबाट पैदलयात्री लम्जुङ बेसीसहर नगरपालिका–६ बस्ने २२ वर्षीय बिनोद अधिकारीको मंगलबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

साथै सोही बसको ठक्करबाट घाइते भएका लम्जुङ बेसिशहर नगरपालिका–६ बस्ने २० वर्षीय महादेव भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्