Kathmandu Press

धनमाल लुटेको आरोपमा एकजना पक्राउ

उदयपुर, भदौ २३ : धनमाल लुटेको आरोपमा एकजना पक्राउ परेका छन्।कटारी नगरपालिका–८ वर्मीस्थित जंगलबाट कटारी नगरपालिका–४ बस्ने जमानसिंह बस्नेतको नगद १३ लाख ७७ हजार...
धनमाल लुटेको आरोपमा एकजना पक्राउ

उदयपुर, भदौ २३ : धनमाल लुटेको आरोपमा एकजना पक्राउ परेका छन्।

कटारी नगरपालिका–८ वर्मीस्थित जंगलबाट कटारी नगरपालिका–४ बस्ने जमानसिंह बस्नेतको नगद १३ लाख ७७ हजार ८ सय ९५ रुपैयाँ र एक थान मोबाइल लुटपाट गरेको आरोपमा ओखलढुङगा चिसंम्खु गाउँपालिका–३ बस्ने ५४ वर्षिय रमेशकुमार श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

ओखलढुंगा खाद्यान्न पुर्‍याई कटारीतर्फ जाँदै गरको प्रदेश नम्बर २–०१–००१ च ०३६९ नम्बरको बलेरो गाडीमा व्यापारी हुँ सामान लिन कटारी जाने भन्दै चढी आएका रमेशले सोही जंगलमा शौच गर्न गाडी रोकेको अवस्थामा चालकलाई ढुंंगाले प्रहार गरी बेहोस बनाएर गाडीमा सवार जमान सिंहको उक्त नगद र मोबाइल लुटपाट गरी फरार भएका थिए।

उक्त घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई कटारी नगरपालिका–४ गबुवास्थित जंगलबाट लुटपाट गरेको रकमसहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:२७ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्