Kathmandu Press

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ 

काठमाडौं, भदौ २३ : चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँ सहित भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय...
स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ 
Hardik ivf

काठमाडौं, भदौ २३ : चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँ सहित भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई ल्याएको उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्