Kathmandu Press

मध्यपुरथिमिको ३०० वर्ष पुरानो जेतवर्ण महाविहारले पायो मौलिक स्वरूपमा पुनर्जीवन

भक्तपुर, २३ भदौ : मध्यपुरथिमि नगरपालिका–६ स्थित ३०० वर्ष पुरानो दथु बहा बहा अर्थात् जेतवर्ण महाविहारले मौलिक स्वरूपमा पुनर्जीवन पाएको छ। जीर्णोद्धारको अभावमा लामो...
मध्यपुरथिमिको ३०० वर्ष पुरानो जेतवर्ण महाविहारले पायो मौलिक स्वरूपमा पुनर्जीवन

भक्तपुर, २३ भदौ : मध्यपुरथिमि नगरपालिका–६ स्थित ३०० वर्ष पुरानो दथु बहा बहा अर्थात् जेतवर्ण महाविहारले मौलिक स्वरूपमा पुनर्जीवन पाएको छ। जीर्णोद्धारको अभावमा लामो समय जीर्ण बनेको बौद्धमार्गीको महत्वपूर्ण यो महाविहार २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि उठ्न सकेको थिएन। 

नगरपालिकाले जनप्रतिनिधि पाएपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठको सम्पदा संरक्षण, जीर्णोद्धार एवं पुनःनिर्माणको अभियानकै क्रममा अन्ततः यो महाविहार ३०० वर्ष पुरानो स्वरुप र शैलीमै पुनः उठेको छ।

नेपाल संवत ८२५ मा राजा भूपतिन्द्र मल्लले निर्माण गराएको यो विहारले पुनर्जीवन पाएको महाविहार पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दकृष्ण श्रेष्ठले जानकारी दिए। नगरपालिकाको रु ५४ लाखको लागतमा पुनःनिर्माण सम्पन्न भएको विहारको एक पाटोको नगर प्रमुख श्रेष्ठले उद्घाटनसमेत गरेपछि विहारमा नियमित धार्मिक कार्य सञ्चालन भएको छ। 

Hardik ivf

भूकम्पले आधा भत्किएको यो विहारको चारै पाटो पुनःनिर्माणका क्रममा मल्लकालीन प्रविधि प्रयोग गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताए। उनले भने, ‘यो एउटा यस्तो विहार हो, जसको पुनःनिर्माणमा मल्लकालीन प्रविधिको प्रयोग गरेका छौँ, यसको पुनःनिर्माणका क्रममा पहेँलो माटो, सेतो (कमेरो) माटो र कालो माटोको प्रयोग गरेका छौँ, बाहिरपट्टि नेपाली परम्परागतरूपमा तयार पारिने लिउन लगाएका छौँ, पछिल्लो समयमा सम्पदा पुनःनिर्माणमा मल्लकालीन प्रविधि प्रयोग गरिएको यो नमूना सम्पदा हो।’

नगरपालिकाले विहारको अन्य भागको काम सम्पन्न गर्न र फिनिसिङका लागि रु ७५ लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले यस वर्ष विहारको बाँकी सम्पूर्ण काम सम्पन्न गर्ने अध्यक्ष श्रेष्ठले बताए। नगरपालिकाले थिमिको पाँच वटा विहार पुनःनिर्माण एवं जीर्णोद्धार गरेको छ। 

‘नगर बनाउने जिम्मेवारी जनताले सुम्पिएर नगरपालिकामा चुनेर पठाउनु भो, मेरो आँखा यहाँका सम्पदामा थियो, त्यसैले यहाँका जीर्ण सम्पदा, भत्किन लागेका दरबार, भत्किएका पार्टी, मठ मन्दिरलाई पुनर्जीवन दिन लागेँ, पुरिएका ऐतिहासिक पोखरी, इनार, ढुङ्गेधारा पाटी पौवा उत्खनन गर्दै पुनःनिर्माण गर्न थालेँ, फोहर फाल्ने र झाडी बनेको ठाउँलाई आकर्षक पार्क बनाउन थालेँ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘१५ देखि ३० वर्षसम्म बन्द भएको ऐतिहासिक महत्व बोकेको मुर्छित जात्रा पर्वहरु बिउँझाउन थालेँ, अहिले यहाँका सम्पदादेखि मूर्त अमूर्त कला, संस्कृति, जात्रा पर्वहरु पुरानै स्वरूपमा फर्काउन सफल भएको छु, नयाँ पुस्ताले आत्मासात गर्दै गए मध्यपुरथिमिको यो पहिचान हजारौँ वर्ष जीवित रहन्छ ।’

अरनिको राजमार्गसँगै टाँसिएको फोहर फाल्ने भिरालो जमिन यतिखेर ऐतिहासिक तीनधारा र परम्परागत शैलीको एमपी थियटरसहित सुन्दर ‘शङ्खधर पार्क’मा बनेको छ, परम्परागत पार्टी र सूचना केन्द्र निर्माणको काम सुरु भएको छ। नगरपालिकाले बोडेस्थित कुमारी पार्क, भैरव पार्क, नगदेशमा गयदेको पार्क, यमा फार्क, विष्णु कुण्डल पार्क, नगदेशको सुचुत्वास्थित गयर दोफो पार्क, चोडेको नीलवर्ण पार्क, कमेरोटारको तसोताः पार्क, आलाचको पार्क, सिद्धिकालीको कुटिङ डाँडामा सञ्जीवनी पार्क र लोकन्थलीमा बाल उद्यान निर्माण गरेको छ। 

पुर्खाले जोडेर गएको महत्वपूर्ण सम्पदाको अस्तित्व जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्यले अहोरात्र खटिएको बताउँदै नगर प्रमुख श्रेष्ठले भने, ‘यो चार वर्षको अवधिमा २३ वटा मन्दिर, ३७ वटा पाटी, लोपोन्मुख अवस्थामा पुगेका २५ वटा ढुङ्गेधारा, इनारको संरक्षण गरेका छौँ, १५ वटा पोखरीको पुनःनिर्माण एवं जीर्णोद्धार भएकोमा छ वटामा पानी भरिएको र थप १० वटामा काम भइरहेको छ । यहाँका थिमि लायकु, बोडेको लायकु र नगदेशको लायकु गरी तीन वटा दरबार पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ, थप काम गरिरहेका छौँ।’

बोडेको पाँचो गणेशमा जिब्रो छेड्ने पाटी पछाडिको जग्गा खरिद गरी पाटीलाई पछाडि सारेर जात्रास्थललाई फराकिलो पार्ने कार्य सुरु भएको छ। नगरपालिकाले नगदेशको लायकुलाई नेवाः सङ्ग्रहालय बनाउने गुरुयोजना तयार पारेको छ।
 

प्रकाशित मिति: १०:२७ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्