Kathmandu Press

ज्ञानेन्द्रको अर्धशतकमा नेपालको सानदार जित

काठमाडौं, साउन ८ : टी–२० विश्वकप छनोटअन्तर्गत आज भएको एशिया क्षेत्रको खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ। ज्ञानेन्द्र मल्लको विस....

ज्ञानेन्द्रको अर्धशतकमा नेपालको सानदार जित

काठमाडौं, साउन ८ : टी–२० विश्वकप छनोटअन्तर्गत आज भएको एशिया क्षेत्रको खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ। ज्ञानेन्द्र मल्लको विस्फोटक अर्धशतकको मद्दतले नेपालले जितेको हो।

मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छदै पूरा गरेको छ। नेपालले मलेसियामाथि सात विकेटले जित हासिल गरेको हो।

वर्षाले नौ ओभरमा छोट्याएको खेलमा ८४ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले राम्रो सुरुआत गरे। पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे। जसमा ज्ञानेन्द्रले २१ बलमा ५१ र प्रदीपले १४ बलमा १२ रन बनाए।

त्यसपछि आएका विनोद भण्डारी आठ बलमा १३ रन बनाएर नट आउट रहे। दीपेन्द्रसिंह ऐरी दुई रन बनाएर आउट भए भने शरद भेष्वाकर तीन रनमा नटआउट रहे।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले सात विकेट गुमाएर ८३ रन बनाएको छ।

मलेसियाका लागि सेद अजिजले १५ बलमा ३० र वीरनदीप सिंहले १७ बलमा २१ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक नबनाए पनि बाउन्ड्री प्रहार गर्दै बाहिरिए।

नेपालका लागि सोमपाल कामीले तीन, बसन्त रेग्मीले दुई, सन्दीप लामिछाने र करन केसीले एक विकेट लिए।

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, साउन ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्