Kathmandu Press

ललितपुरको बालकुमारी मन्दिर पुनर्निर्माण अघि बढ्यो

ललितपुर, भदौ २३ : ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनः निर्माण अघि बढेको छ। विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले...
ललितपुरको बालकुमारी मन्दिर पुनर्निर्माण अघि बढ्यो

ललितपुर, भदौ २३ : ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनः निर्माण अघि बढेको छ। विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो।

कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनः निर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताए । उनले भने, ‘महानगरपालिकाले विनियोजन गरेको रु ५० लाख र जनश्रमदानबाट उठेको रु छ लाख गरी कुल रु ५६ लाखले हाललाई काम अघि बढाएका छौं ।’ मन्दिर पुनः निर्माणमा कुल रु चार करोड ४१ हजार रकम खर्च हुने अनुमान गरिएकाले दाताबाट रकम सङ्कलन गरी सम्पन्न गर्ने भएको महर्जनले जानकारी गराए ।’

Hardik ivf

सो मन्दिर ठेक्कामा निर्माण गर्न दिँदा गुणस्तर कमी हुने भएसँगै समितिमार्फत अघि बढेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘पाटनमा शक्ति पीठका रूपमा पूजिने अष्टमातृकाका मन्दिरमध्ये यो दशैँका बेला सबैभन्दा बढी पूजापाठ हुने र प्रत्येक वर्षको घोडेजात्रासमेत यही मन्दिर भएर सुरुआत गरिन्छ ।’

प्यागोडा अर्थात् छाने शैलीमा निर्माण भएको उक्त तीन तले मन्दिरका कयौँ पुराना सामग्री पुनः प्रयोग गर्न मिल्ने हुँदा १८ महिनाभित्र काम सम्पन्न गर्न समय तोकिएको महर्जनले जानकारी गराए ।

नेपाल संवत् ७४२ मा सिद्धि नरसिंह मल्लको पालामा सो मन्दिर मात्र एक तले पुनः निर्माण भएको थियो र पछि फेरि योगनरेन्द्र मल्लको पाला नेसं ८१७ मा दुई तला थपी गरी तीन तला बनाइएको शिलालेखमा उल्लेख छ । पाटनका कृष्ण, तलेजु, भीमसेन, कुम्भेश्वर, बङ्गलामुखी, महालक्ष्मी स्थानको महालक्ष्मी, बटुक भैरव, रातो मच्छिन्द्रनाथ, मीननाथ, पूर्णचण्डी अर्थात् सिद्धिलक्ष्मी र महाबौद्धमध्ये बालकुमारी मन्दिर पनि एक प्रमुख मठमन्दिर भित्र पर्दछ ।

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरैमन्दिरको नगरीका रूपमा पाटन नगर नेपाल उपत्यकाको प्राचीन र महत्त्वपूर्ण तीन शहरमध्ये सबैभन्दा पुरानो शहर पनि हो । विसं २०६२ मङ्सिर २७ गते सो मन्दिरको टायल झिकी तामाको छाना छाइएको वडाध्यक्ष हेम महर्जनले जानकारी गराए । रासस

प्रकाशित मिति: ०९:३० बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्