Kathmandu Press

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी

ताप्लेजुङ, भदौ २३ : ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालिएको छ।जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत्...
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी

ताप्लेजुङ, भदौ २३ : ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालिएको छ।

जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो। सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो।

Hardik ivf

आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ।

आयोजनाबाट उत्पादित विद्युत् १३२ केभीको स्विचयार्डमा जडान गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको पाँचथरस्थित अमरपुर सवस्टेशनमा जडान गरिने आयोजना सञ्चालक संस्था स्नो रिभर्स प्रालिले जनाएको छ।

प्रालिका अनुसार आयोजनाको खेबाङ–याम्फुदिन क्षेत्रमा रहने विद्युत्गृहदेखि १८ किमी लामो प्रसारण लाइनमार्फत १३२ केभीको अमरपुर सवस्टेशनमा उत्पादित विद्युत् जडान हुनेछ। आगामी २०८० साल वैशाखभित्र आयोजना निर्माण सम्पन्न गर्ने पनि प्रालिले लक्ष्य राखेको छ।

यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गर्दै स्नो रिभर्स प्रालिद्वारा प्रस्तावित उक्त आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्ने असरका विषयमा प्रभावित क्षेत्रका सरोकारवालासँग राय सुझाव मागेको छ। विभागले आइतबार सूचना जारी गर्दै आयोजना सञ्चालनबाट प्रतिकूल असर पर्ने भएमा सरोकारवालाले आफ्नो लिखित राय सुझाव ३५ दिनभित्र विभागसमक्ष पेश गरिसक्नुपर्ने जनाएको छ।

ताप्लेजुङअन्तर्गत नै काबेली खोलाबाट विद्युत् उत्पादन गर्ने गरी काबेली ‘ए’ ३४ मेगावाट, अपर काबेली २३ मेगावाट, सुपर काबेली २० मेगावाट र अपर काबेली–२ १० मेगावाट क्षमताका आयोजना प्रस्ताव गरिएका छन्। ताप्लेजुङ–पाँचथर क्षेत्रमा पर्ने २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ आयोजना भने यसअघि नै निर्माण सम्पन्न भई हाल सञ्चालनमा रहेको छ। (रासस)

प्रकाशित मिति: ०८:४२ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्