Kathmandu Press

चाडबाडलाई मध्यनजर गर्दै ग्यापुले ल्यायो बिभिन्न अफर 

काठमाडौं, भदौ २२ : नजिकिदैँ गरेका चाडबाडहरुलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर घोषणा गरेको छ ।हिन्दु महिलाहरूको महान चाड तीजको अवसरमा...
चाडबाडलाई मध्यनजर गर्दै ग्यापुले ल्यायो बिभिन्न अफर 

काठमाडौं, भदौ २२ : नजिकिदैँ गरेका चाडबाडहरुलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर घोषणा गरेको छ ।

हिन्दु महिलाहरूको महान चाड तीजको अवसरमा विभिन्न सामान ग्यापु मार्फत खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्नेछन् । ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रुपैयाँ सम्ममा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट भदौ २२ गते देखि २४ गते सम्म लागू हुनेछ । त्यस्तै माछापुच्छ्रे बैंकबाट पैसा तिर्दा ५०० रुपैया सम्ममा १० प्रतिशत छुट पाउनेछन् ।

Hardik ivf

भदौ २० गते देखि यो छुट २६ गते सम्म लागू हुनेछ । यसैगरी सनराइज बैंकबाट सामान खरिद गरेमा ग्राहकले ३०० रुपैयाँ सम्ममा २० प्रतिशत क्यासब्याक पाउनेछन् । यो छुट भने भदौ २५ गते सम्म लागू हुनेछ ग्यापुको अपरेसन हेड सुरजनी केसीले बताइन् ।  फोन पे मार्फत भुक्तानी गर्दा २ सयको भौचर, एन आइ सि एसियाको कार्ड मार्फत भुक्तानी गर्दा २ सयको भौचर र इ सेवा बाट भुक्तानी गर्दा २ सयको भौचर प्राप्त गर्न सकिनेछ । साथै खल्ती मार्फत भुक्तानी गर्दा १० जनाले २ सयको टप अप प्राप्त गरिने बताइएको छ ।

यस्तै, विदेशमा रहेका ग्राहकले पनि ग्यापु मार्फत नेपालमा हुनुभएको आफ्नो आफन्तलाई  सर्पाइज दिनको लागि उपहार अर्डर गर्नसक्नेछन् र ग्यापुले डेलिभरी गर्न सक्नेछन् ।

अन्य उपहारमा लेदरको वालेट, ग्रुमिङ किट, हेडफोन, विभिन्न विधाका किताबहरू र विभिन्न ब्रान्डका लिक्वेरहरू रहेका छन् । यि मध्ये कुनै पनि उपहार ग्यापुको पेमेन्ट पार्टनर बैंकहरूबाट खरिद गरेको खण्डमा माथि उल्लेखित छुटहरू उपलब्ध हुनेछ ।

प्रकाशित मिति: २१:०० बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्