पहिरोले सडक अवरुद्ध
म्याग्दीको बेनी–जोमसोम सडक पहिरोका कारण अवरुद्ध भएको छ।
म्याग्दी, भदौ २२ : जिल्लाको बेनी–जोमसोम सडक पहिरोका कारण अवरुद्ध भएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ दाना गुइठे भीरस्थित काभ्रेमा मंगलबार बिहान पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
इलाका प्रहरी दानाको टोलीले सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्रकाशित मिति: १७:५३ बजे, मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












